जनता टाइम्स

३ मंसिर २०८०, आईतवार १०:३६

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला : जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा


काठमाडौं, मंसिर ३ । हङकङमा जारी ४ देश सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो ।

एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन जोड्यो । लिग चरणका सुरुका दुई खेलमा पराजय ब्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको थियो ।