जनता टाइम्स

३ मंसिर २०८०, आईतवार ११:११

संसदले माग्यो एआइजी ज्ञवालीको जन्ममिति सम्बन्धी कागजात


काठमाडौं, मंसिर ३ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको छ ।

समितिले गृह मन्त्रालयसँग एआइजी ज्ञवालीको जन्ममितिको कागजात मागेको हो । समितिका सचिव सुरजकुमार दुराका अनुसार ज्ञावालीको जन्ममितिका सम्बन्धमा समितिमा उजुरी परेपछि कागजात मागिएको हो ।

समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा ‘वास्तविकता के हो त्यससम्बन्धी कागजात मगाउन निर्देशन गरे’अनुसार समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको दुराले बताउनु भयो ।

उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका छन् ।