जनता टाइम्स

४ मंसिर २०८०, सोमबार १४:१६

ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक देवकोटासहित दुई जनाको मृत्यू


रूपन्देही, मंसिर ४ । ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटासहित दुई जनाको मृत्यु भएको छ ।

शंकरनगरबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गर्नुभएका देवकोटासहित दुई जनालाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सँगै रहनुभएकी तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । लु. ४९ प २२३० नम्बरको मोटरसाइकलमा उनीहरू तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदा ना. ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट लडेका दुवैजनालाई स्थानीयले क्रिमसन अस्पताल लगेका थिए । दुवै शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुनुहुन्थ्यो । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकारसमेत हुनुहुन्थ्यो ।