जनता टाइम्स

४ मंसिर २०८०, सोमबार १८:०२

एमालेका स्वयंसेवक भूकम्पपीडितको सेवामा जुटेपछि कांग्रेसले पनि गर्यो स्वंसेवक खटाउने निर्णय


काठमाडौं, मंसिर ४ । सत्तारुढ नेपाली कांग्रेसले पनि जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणको लागि स्वयंसेवक खटाउने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ११ सय स्वयंसेवक जाजरकोट र रुकुम पश्चिममा काममा खटेपछि कांग्रेसले पनि स्वयंसेवक पठाउने निर्णय लिएको हो ।

नेपाली कांग्रेसले २ सय ५० जना स्वयंसेवक खटाउने भएको छ । कांग्रेसले अस्थायी घर टहरा निर्माणको लागि इन्जिनियर र डकर्मीसहितका स्वयंसेवक परिचालन गर्न लागेको हो । १० जनाको दरले २५ वटा टोली बनाएर स्वयंसेवक टोली जाजरकोट र रूकुमपश्चिम पठाउने सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो ।

अस्थायी आवास निर्माणको लागि खटिने प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक रहनुहुने भएको छ । कांग्रेसले जाजरकोट र रूकुमपश्चिममा एक हजार टहरा बनाउने तयारी गरेको छ ।

अति जोखिममा परेको सुत्केरी र वृद्ध–वृद्धाका परिवारलाई पहिलो प्राथमिकतामा राखेर अस्थायी टहरा बनाइदिने बैठकले निर्णय गरेको छ । चिसोका कारण जाजरकोटमा मात्रै हालसम्म १० जना भूकम्पपीडितको ज्यान गइसकेको छ ।

नेकपा एमालेका नेताहरु निरज आचार्य, किरण पौडेल, सिपी घर्तीसहितका स्वयंसेवकहरु बिगत एक सातादेखि भूकम्पपीडितको पीडामा मलम लगाउँदै काममा जुटेका छन । कांग्रेसले जआ बल्लनिर्णय गरेको हो ।