सुर्खेत, ८ मंसिर । जुम्लामा बन्चरो प्रहारबाट ३५ वर्षीय महिलाको मृत्यु भएको छ ।
जिल्लाको कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको बन्चरो प्रहारबाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको हो । आज दिउँसो १२ बजेतिर उक्त घटना भएको थियो ।
प्रहरीले बन्चरो प्रहार गर्ने बुढालाई नियन्त्रणमा लिइसकेको छ । बुढा मृतक अमृताका नाताले देवर पर्दछन् ।
प्रतिक्रिया दिनुहोस्