काठमाडौँ, १० मङ्सिर । ईङ्लिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लज्जास्पद हार बेहोरेको छ ।
गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासलको जितमा अलेक्जाण्डर् इसाक, जामल लाससेल्लेज, जोएलिनटन र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए ।
त्यस्तै चेल्सीका लागि एक गोल रहिम स्टरलिङले गरेका थिए । यस खेलमा खेलको ७३औं मिनेटमा रिच जेम्सले रातो कार्ड पाउदा चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि न्यूक्यासल युनाइटेडको १३ खेलमा २३ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै चेल्सीको भने यस सिजनमा यो पाँचौं हार हो । यो हारपछि चेल्सीको १३ खेलमा १६ अंक भएको छ र लिगमा १०औ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्