जनता टाइम्स

१९ मंसिर २०८०, मंगलवार १७:१७

टिकटकद्वारा नेपालमा दर्ताका लागि सरकारलाई पत्राचार


काठमाडौं, १९ मंसिर । नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरे पनि दर्ता गर्न सरकारले अस्वीकार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेल गरेको हो ।

सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले पनि इमेल गरेको छ । तर, सरकारले नै बन्द गरेको टिकटक दर्ता हुने कुरा भएन ।’

हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।