जनता टाइम्स

१२ पुष २०८०, बिहीबार १६:०१

प्रधानमन्त्री कप महिला टी–२० : कर्णालीमाथि बागमती १० विकेटले विजयी


काठमाडौं, १२ पुस । जारी प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । आज सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो । कर्णालीले दिएको केवल ४३ रनको लक्ष्य पछाएको बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि कर्णालीले पहिला ब्याटिंग गर्दै १३.४ ओभरमा अल आउट हुँदै केवल ४२ रन बनाएको थियो ।

यो जितपछि बागमती प्रदेशको प्लेअफको सम्भावना बलियो बनेको छ । बागमतीको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै कर्णाली प्रदेशले भने लगातार छैटौं खेलमा हार बेहोरेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।