जनता टाइम्स

१५ पुष २०८०, आईतवार १३:०४

कोशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला टी-२० को फाइनलमा


काठमाडौँ, १५ पुस । विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । एपीएफले दिएको १४० रनको लक्ष्य पछाएको कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउदै ८७ रन बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै एपीएफले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो । यो हारपछि कोशी प्रदेशले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

अब कोशीले दोस्रो क्वालिफायरमा आजै हुने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको इलिमिनेटरको विजेतासँग खेल्ने छ । दोस्रो क्वालिफायर सोमबार हुने छ । त्यस्तै यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहदै फाइनलमा पुगेको एपीएफले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग बुधबार खेल्ने छ ।