जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १२:५२

छानविन समिति गठनसँगै एनआरएनए युकेमा जुट्यो सहमति, आज मतगणना हुँदै


लन्डन, असोज २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना आजबाट हुने भएको छ । निर्वाचनमा भएको धाँधली तथा अनियमितताको छानविन गर्न कर्णेल यमबहादुर रानाको नेतृत्वमा छानविन समिति गठन भएसँगै मतगणनाको बिवाद मिलेको हो । सहमतिपछि आज १० बजेदेखि मतगणना अघि बढने भएको छ ।

एनआरएनए आइसीसीका उपाध्यक्ष कुल आचार्यको निरन्तर पहल र अनुरोधपछि दुवै पक्ष विवादित स्थानका मतपेटिका पछि खोल्ने सर्तमा मतगणना गर्न राजी भएका हुन । एनआरएनका अध्यक्ष भबन भट्टले उपाध्यक्ष आचार्यलाई सहमति जुटाई तत्काल समस्या समाधान गर्न निरन्तर समन्वय गर्नुभएको थियो ।

एनआरएन यूकेको नेतृत्व चयनका लागि सेप्टेम्बर १४ मा मतदान भएको थियो। सहमतिपछि आजबाट मतगणना हुनेछ ।