काठमाडौं, १५ पुस । सुदूरपश्चिम प्रदेश जारी प्रधानमन्त्री कप महिला टी२० को दोस्रो क्वालिफायरमा पुगेको छ । आज सम्पन्न इलिमिनेटरमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको हो । बागमती प्रदेशले दिएको १०० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १४/३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गर्दै बागमती प्रदेशले १९ ओभरमा अल आउट हुदै ९९ रन मात्र बनाएको थियो ।
यो हारसँगै बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै यस खेलको विजेता सुदूरपश्चिम प्रदेशले भने अब दोस्रो क्वालिफायरमा कोशी प्रदेशको सामना गर्ने छ । दोस्रो क्वालिफायर खेल सोमबार हुनेछ । त्यस्तै दोस्रो क्वालिफायरको विजेताले फाइनलमा एपीएफको सामना गर्ने छ । फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्