जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १४:००

एनआरएनए दक्षिण कोरिया अध्यक्षमा यज्ञराज सुवेदी, यी हुन एनसीसी र आइसिसिमा जित्ने उम्मेद्वार


दक्षिण कोरिया, असोज ६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनमा सुवेदी बिजयी हुनुभएको हो ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा उपाध्यक्ष दिपक पुन, उपाध्यक्षमा सञ्जिव राई, सोम तामाङ, यदु लामिछाने र महासचिवमा डा.बिमल सुवेदी निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा राजकुमार स्याङ्तान, मनोज गौतम र कोषाध्यक्ष चन्द राना बिजयी हुनुभएको छ । यस्तै सहकोषाध्यक्षमा सन्तोष खड्का, युवा संयोजकमा अरुण श्रेष्ठ, महिला संयोजकमा शुभद्रा पालुङ्वा बिजयी हुनुभएको छ । सदस्यहरुमा उमेश पोख्रेल, दिनेश चौलागाई, ओमबहादुर कार्की, डा.सुवासचन्द्र चौधरी, अवधेशकुमार चौरसिया र बिश्वमणि दाहाल निर्वाचित हुनुभएको छ ।

अधिवेशनले एनआरएनए आइसीसी सदस्यमा लक्ष्मी गुरुङ र ओम जुङ्जाली मगरलाई चयन गरेको छ । दक्षिण कोरियाको अधिवेशनसँगै एनआरएनएको एनसीसी अधिवेशन सकिएको छ । सो अधिवेशनमा अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्तलगायतका एनआरएनए अगुवा सहभागी हुनुभएको थियो ।