काठमाडौं, २२ चैत । नेपाली कांग्रेसले इलाम–२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम–२ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसले इलाम-२ मा उम्मेदार तय गर्न आज सबै आकांक्षीसँग छलफल गरेका थिए । इलाम–२ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्नुभएको थियो । डम्बर खड्का २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित हुनुभएको थियो ।
बैठकमा नेता डा शेखर कोइराला र पूर्वमहामन्त्री सशांक का्इरासहित २ महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्माले गम्भीर आपत्तिसहित असहमति राखेपनि सभापति शेरबहादुर देउवाले खडकालाई नै उम्मेदवार तोक्नुभएको हो । कोइराला बन्धुसहित दुवै महामन्त्रीले खडकालाई जिताउन नसकिने भन्दै आचार्यलाई उम्मेदवार बनाउनु पर्ने अडान राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्