जनता टाइम्स

२२ बैशाख २०८१, शनिबार १३:४९

एमाले वीरेन्द्रनगरको अध्यक्षमा गुरुङ, यस्तो बन्यो टिम


वीरेन्द्रनगर, २२ वैशाख । नेकपा एमाले वीरेन्द्रनगर कमिटीको अध्यक्षमा नवराज गुरुङ निर्वाचित हुनुभएको छ ।

तीन दिन अघि सुरु भएको अधिवेशनमा नजुट्दा अन्तत निर्वाचन गरिएको हो । गुरुङको अध्यक्षतामा सात सदस्यीय लेखा समितिसहित ८० जना निर्वाचित भएको निर्वाचन अधिकृत पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार उपाध्यक्षमा सहविर सुनार, सचिवमा दिनेश चपाई, उप–सचिवद्वयमा शन्तबहादुर सारु र गंगा बुढा निर्वाचित भएका छन् ।

सात सदस्यीय लेखा समितिको अध्यक्षमा पृर्थबहादुर खड्का निर्वाचित भएका छन् । अधिकाँश भूगोलतर्फ सदस्यमा सर्वसम्मत चयन भएको अधिकृत पौडेलले जानकारी दिए । अध्यक्षसहित सवै पदहरुमा गुरुङ र नन्दलाल शर्माले प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए ।