जनता टाइम्स

३० बैशाख २०८१, आईतवार १३:३३

शेखर कोइराला र गगन थापाबीच भेट


काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ । दुबै नेताबीच आज बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ । नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ ।

भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो । भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराउनुभएको थियो ।