जनता टाइम्स

३ जेष्ठ २०८१, बिहीबार १८:३६

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित


काठमाडौं, ३ जेठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो । बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेला धकेल समेत भएय्को थियो ।

सांसदहरुबीच धकेला धकेल हुदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।

नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ । यसअघि पटक–पटक सहमतिका प्रयास भएपनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।

संसदमा तनाव भएपछि सभामुखले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।