सुनसरी, जेठ ९ । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित हुनुभएको छ । आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको आज सम्पन्न मतगणना परिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिले जनाएअनुसार खनालले ३८३ मतसहित जीत निकाल्दा प्रतिस्पर्धी पोखरेलले २८७ मत पाउनु भएको छ । यसैगरी उपाध्यक्षमा ३ मतको अन्तरले पर्शुराम यादव बिजयी बन्नुभएको छ । यादवले ३३२ मतसहित जीत निकाल्दा प्रतिस्पर्धी नन्द बस्नेतले ३२९ मत पाउनु भएको छ ।
यस्तै सचिवमा ३८८ मतसहित राम कोइराला निर्वाचित हुनुभएको छ भने उहाँसँग प्रतिस्पर्धा गर्नुभएका पदम लिम्बुले २७० मत पाउनु भएको छ । यस्तै उपसचिव महिलातर्फ ४३८ मतसहित इन्द्रकला राई निर्वाचित हुँदा प्रतिस्पर्धी कमला मगरले १९१ मत पाउनु भएको छ ।
यस्तै उपसचिव खुल्लातर्फ यामकुमार सुब्बा ३८५ मतसहित बिजयी बन्दा प्रतिस्पर्धी देवानन्द मेहताले १९७ मत पाउनु भएको छ । एमाले सुनसरीको निर्वाचनमा ६६१ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्