जनता टाइम्स

१० जेष्ठ २०८१, बिहीबार २३:१३

घरबेटीमाथि बलात्कारको आरोपमा पक्राउ परे युट्यूबमा भाइरल युवक


काठमाडौं, जेठ १० । युट्यूबमा उछृंखल अन्तरवार्ता दिएर भाइरल बनेका एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन ।

श्रीमान गुमाएकी बिधुवा महिलाको घरमा भाडामा बसेका भाइरल म्यान रविरत्न चुडाललाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंकी ५२ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरेको हो ।
पछिल्लोपटक चुडालले गत वर्षको जेठ १७ गते बलात्कार गरेको ती महिलाको भनाई छ ।