जनता टाइम्स

११ जेष्ठ २०८१, शुक्रबार १८:४२

बालुवाटार बैठक सकारात्मक भएको भन्दै बाहिरिए प्रतिपक्ष नेताहरू, सत्तापक्ष छलफलमै


काठमाडौं, ११ जेठ । सदनको जारी गतिरोध हटाउन विषयमा बालुवाटारमा बसेको बैठकबाट कांग्रेसका नेताहरू बाहिरिनुभएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिनुभएको हो । कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै हुनुहुन्छ ।

बैठकबाट बाहिरिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक रुपमा अघि बढेको बताउनुभयो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आजको बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं । उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उृभिएर जुन कुरा गर्नुभएको छ । कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषयमा ध्यानाकर्षण गराएका छौं । यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं ।’