पाल्पा, जेठ १३ । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ ।
एमाले पाल्पाको १०औं अधिवेशनबाट घर्तीमगर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । यसैगरी अधिवेशनले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जीसीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उदघाटन गर्नुभएको अधिवेशनले ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्