काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुग्नुभएको छ ।
संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रधानमन्त्री दाहाल आज बिहान देउवालाई भेट्न उहाँकै निवास बुढानिलकण्ठ पुग्नुभएको हो । सरकारबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भई तीब्र ध्रुबिकरणमा लागेका कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहनु भएको छ ।
छलफल भइरहेकै बेला प्रधानमन्त्री संसदमा देखिएको अवरोध हटाएर सहज रुपमा नीति तथा कार्यक्रम पारितगर्न देउवा निवास पुग्नुभएको हो । आज बस्ने प्रतिनिधि सभा बैठकमा आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहेको छ ।
कांग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ । समिति गठनका लागि कार्यदल निर्माण भए पनि कार्यादेश टुङ्गिन नसकेपछि त्यसको जिम्मा शीर्ष नेतालाई नै दिएको छ ।
शीर्ष नेताहरूको बैठक पनि आजै बस्ने तयारी छ । कांग्रेसले भने आजै काठमाडौं उपत्यकाव्यापी विरोध प्रदर्शन गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्