जनता टाइम्स

१३ जेष्ठ २०८१, आईतवार १२:४७

प्रतिपक्षी सांसद छल्दै रोष्टममा पगे अर्थमन्त्री


काठमाडौं, जेठ १३ । नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले आज पनि संसद अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई बोल्न समय दिएपछि कांग्रेसले संसद अवरोध गरेको हो । प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री फुत्किएर रोष्टममा पुग्नभएको हो । उहाँलाई मर्यादा पालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्याएका हुन् ।

उहाँले चालू आर्थिक वर्षको आर्थिक सर्भेक्षण पेश गर्नुभएको छ । प्रतिपक्षी सांसदहरूले भने नाराबाजी गरेरिरहेका छन् । अर्थमन्त्रीलाई रोक्ने प्रयासमा केही बेर दुई पक्षबीच धकेलाधकेल भएको थियो ।