जनता टाइम्स

१३ जेष्ठ २०८१, आईतवार १६:४२

४ करोड मूल्य बरावरको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ


काठमाडौं, जेठ १३ । दुबईबाट आएकी एकजना बिदेसी महिलालाई १ केजी १०१ ग्राम कोकिनसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छिन। उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

जेठ ४ मा दुबईबाट काठमाडौँ ओर्लिएपछि ब्युरोको टोलीले उनलाई पिछा गरेको थियो । ठमेलस्थित एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको एसपी कार्कीले जानकारी दिनुभयो ।