काठमाडौं, जेठ १३ । सत्तारुढ गठबन्धको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसको माग पूरा गरेर संसदको गतिरोध हटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउनु भएको छ ।
सत्तारुढ दलमै रहेर बिपक्षीको मागपूरा गराउन तल्लिन रहनुभएका नेपाल ध्यानाकर्षण पत्र भन्दै ज्ञापनपत्र बोकेर बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्री दाहालसँग नेपालले विपक्षीसँग र सत्तारुढ दलकै शीर्ष नेताको सदन खुलाउने विषयमा पटकपटक भइरहँदा आफूलाई सहभागी नगराएको भन्दै कडा आपत्तिसमेत जनाउनु भएको छ । उ
हाँले दलहरुको बैठकमा ‘बाइपास’ मा पारिएको भज्दै प्रधानमन्त्रीदाहालको ध्यानाकर्याण गराउन भयो । संसदमा देश र जनताका समस्यामा सार्थक बहस नभई, अस्वस्थ्य आरोप-प्रत्यारोप भइरहेको भन्दै उहाँले सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको उल्लेख गर्नुभएको छ ।
‘प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले अवश्य नै कुशलता र आवश्यक लचकता देखाउनै पर्दछ भन्ने हाम्रो पार्टीको ठम्याइ छ । हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछौं, संसदका नियमित काम-कार्यवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य प्रतिपक्षी दलसंग तत्काल सार्थक छलफल र वार्ता द्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गंभीर पहल गर्नु होस,’ नेपालको पत्रमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्