जनता टाइम्स

१४ जेष्ठ २०८१, सोमबार ०४:४८

बलात्कारी ठहर भए न्यायाधीश भुवन गिरी


काठमाडौं, जेठ १४। न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई बलात्कार अभियोगमा दोषी ठहर गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको एकल इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको हो ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार अब गिरीलाई सजाय निर्धारणका लागि जेठ २८ गते फेरि अर्को सुनुवाई हुनेछ । प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए ।