जनता टाइम्स

१४ जेष्ठ २०८१, सोमबार ०५:०३

वेटरको जागिर दिएर नाबालिकालाई दैनिक १५ जना ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य बनाएपछि


काठमाडौं, जेठ १४ । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरको छ ।

प्रहरीले नाबालिकालाई यौन सम्पर्क गराउने धन्दा चलाउँदै आएकी दोलखाको जिरी नगरपालिका–९ बस्ने २५ वर्षीया मञ्जु भनिने श्रृजना तामाङ घिसिङ र नुवाकोटको बलकोटगढी नगरपालिका–४ बस्ने २६ वर्षीया निशा भनिने रमिला नेपालीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले मित्रपार्कबाट पक्राउ परेको हो । मञ्जु र रमिलाले काठमाडौंको मित्रपार्कमा ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’ सञ्चालन गरी नाबालिकालाई इच्छाविपरीत यौन क्रियाकलापमा लगाउने गरको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।

मिश्रका अनुसार आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम भन्दै जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दैनिक ५ देखि १५ जना ग्राहकसँग यौन सम्पर्क गर्न लगाई रेष्टुरेन्ट सञ्चालकले रकम उठाउने गरेको खुलेको छ ।

यसरी ग्राहकले दिएकोमध्ये आधा रकम नाबालिकालाई दिने प्रलोभन देखाए पनि उक्त रकम समेत उनीहरुले आफै लिने गरेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुविरुद्ध मानव बेचखिन तथा आसोरपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।