काठमाडौं, १५ जेठ । अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गर्नुभएको छ । पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै बास्तविकता भन्दा माथि रहेको बताउनुभयो । महतले सुधारका कार्यक्रम ल्याउने बताउदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउँदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गर्नुभएको छ । उहाँले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताउनुभयो । डा. महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउँदै आफुहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्