जनता टाइम्स

२३ कार्तिक २०८३, सोमबार ०९:४८

सुन र पित्तल नचिन्ने समाजमा धनको प्रभावले मूल्याङ्कनको मापदण्ड नै बदलिन्छ : चन्द्र भण्डारी


काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले समाजमा मानिसको मूल्याङ्कन गर्ने मापदण्ड धन सम्पत्तिका आधारमा तय हुन थालेको भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ ।

उहाँले फेसबुकमार्फत समाजमा धनी र गरिबलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै धनको प्रभावले वस्तु र व्यक्तिको वास्तविक मूल्याङ्कनसमेत प्रभावित हुने धारणा व्यक्त गर्नुभएको हो । उपसभापति भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सुन र पित्तल नचिन्ने समाजमा धनको प्रभावले मूल्याङ्कनको मापदण्ड नै बदलिन्छ !”

उहाँले समाजमा आर्थिक हैसियतका आधारमा मानिसको मूल्याङ्कन हुने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै धनी र गरिबले प्रयोग गर्ने एउटै वस्तुलाई समेत फरक दृष्टिले हेर्ने गरिएको उल्लेख गर्नुभएको छ । “धनीले लगाएको पित्तल पनि सुन ठहरिन्छ, गरिबले लगाएको सुन पनि पित्तल कहलिन्छ,” उहाँले लेख्नुभएको छ ।

उहाँले मानिसको मूल्य धनले होइन गुण र कर्मले निर्धारण गर्नु पर्ने बताउनुभएको छ । “वस्तुको मूल्य धातुले निर्धारण गर्छ, मानिसको मूल्य धनले होइन, गुण र कर्मले निर्धारण गर्नुपर्छ !”