जनता टाइम्स

१८ जेष्ठ २०८१, शुक्रबार १७:५८

काभ्रेका कांग्रेस जिल्ला सदस्य ‘थर्कमान’ ६० किलो सुन तस्करी अभियोगमा पक्राउ


काठमाडौं, १८ जेठ । काठमाडौं ।नेपाली काँग्रेस काभ्रेका जिल्ला कार्य समिति सदस्य कान्छा भनिने थर्कमान लामालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवि) ले पक्राउ गरेको छ ।

उनी ६०किलो सुन प्रकरणमा संलग्न भएको अभियोगमा सिआईविले पक्राउ गरेको जानकारी दिएको छ । १० वर्ष अघि कान्छा सहितका केहि ब्यक्तिहरु लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परी केहि दिनको हिरासत पछि छुटेको प्रहरी रेकर्डमा उल्लेख छ ।

सीआईबीले दोस्रो चरणको अनुसन्धान अघि बढाएर यो प्रकरणमा संलग्न भएको भन्दै थर्कमान लामालाई पक्राउ गरेको हो ।

तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले उनको पनि यो प्रकरणमा शंकास्पद संलग्नता रहेको देखाएको थियो । राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । यो प्रकरणमा धेरै व्यक्ति पक्राउ परेका थिए ।