जनता टाइम्स

२२ जेष्ठ २०८१, मंगलवार २३:१४

एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट निर्वाचित


प्यूठान, जेठ २२। नेकपा एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट निर्वाचित हुनुभएको छ ।

एमालेको दसौं जिल्ला अधिवेशनबाट निवर्तमान अध्यक्षसमेत रहनुभएका बिष्ट यसपटक पनि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा माधव शर्मा पौडेल विजयी हुनुभएको छ । अध्यक्ष र उपाध्यक्षबाहेक ३ पदाधिकारी र सबै पदमा निर्विरोध भएको थियो ।

अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । जिल्ला अधिवेशनका लागि छनोट भएका ५३९ मध्ये ५२३ जनाले मतदान गरेका थिए । जसमध्ये अध्यक्षमा विष्टले २९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मधुर शर्माले १८५ र अजय सिंहले २५ मत पाउनु भएको छ ।

त्यसैगरी उपाध्यक्षमा पौडेलले २५७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेगनसिंह कवरले २५१ मत ल्याउनु भएको छ । अधिवेशनबाट सचिवमा इन्द्रमणि पौडेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यस्तै खुला उपसचिवमा हिरामणि भण्डारी र महिला उपसचिवमा ईश्वरा आचार्य निर्विरोध हुनुभएको छ । ८९ सदस्य रहने जिल्ला कमिटीमा अन्य सबै सदस्य निर्विरोध भएका थिए । अधिवेशनको उदघाटन नेकपा एमाले महासचिव शंकर पोखरेलले उदघाटन गर्नुभएको थियो ।