जनता टाइम्स

२४ जेष्ठ २०८१, बिहीबार १०:१८

सतिश सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमतको निर्णय


जनकपुर, जेठ २४ । जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहे जानकारी दिनुभयो । मधेशमा जनमको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ ।

संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो । तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । सिंह सप्तरी क्षेत्र नं. २ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

सिंहलाई आजै मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छ । प्रदेश प्रमुख सुमित्रा कोइरालाले शुक्रवार बिहान १० बजेसम्म सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको थियो । सोही आह्वान बमोजिम आज नै दावी पेश गरी सिंहलाई मुख्यमन्त्री बनाउने योजना छ ।