काठमाडौं, जेठ २८ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको निर्वाचनमा उम्मेदवारी दर्ता भएको छ। अध्यक्षमा दीपक निरौला र निर्मल देउलाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा विश्वराम सापकोटा, नवराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिनुभएको छ ।
यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल, उपसचिव (खुला) मा उद्धव भण्डारी र गुञ्जमान सिंह बस्नेत, (महिला) मा विन्दु महर्जन र तारा सिंखडापुडासैनीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
एमाले काठमाडौंको अधिवेशनमा पदाधिकारी तथा सबै सदस्य पदमा निर्वाचन हुने लागेको हो ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै नेतृत्व सर्वसम्मत चयन गर्ननिर्देशन दिनुभएको थियो । तर, सहमति जुट्न नसकेपछि ओलीको निर्देशनविपरीत मतदान हुनलागेको हो ।
प्रतिक्रिया दिनुहोस्