जनता टाइम्स

५ असार २०८१, बुधबार १८:३८

झलनाथको सांसद बन्ने सपना अधुरै, एउटै चुनावमा दुई पटक हार


काठमाडौं, ५ असार । ईलाम क्षेत्रनं. २ बाट नेकपा(एस) का सम्मानित नेता झलनाथ खनालले एउटै चुनावमा दुई पटक हार ब्यहोर्नु भएको छ । नेकपा(एमाले) का उम्मेदवार महेश बस्नेतसंग पहिलो पटक हार ब्यहोर्नु भएका उहाँलाई आज सर्बोच्च अदालतले पुनः हराईदिएको हो ।

इलाम क्षेत्र नम्बर २ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गर्नु भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएकाले उहाँले एउटै निर्वाचनमा दोश्रो हार ब्यहोर्नु भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले उक्त निर्णय लिएको हो ।

सोही क्षेत्रमा मतगणना दोहोर्‍याइ पाउँ भन्दै महेन्द्र यादवले दायर गर्नुभएको रिट पनि खारेज भएको छ ।