जनता टाइम्स

१९ असार २०८१, बुधबार ०४:०२

देशका यी स्थानमा हुनेछ चट्याङसहित आज भारी बर्षा


काठमाडौं, असार १९ । मौसम पूर्वानुमान महाशाखाले आज अर्थात बुधबार देशभर चट्याङसहित बर्षा हुने जनाएको छ । आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । महाशाखाका अनुसार देशका धेरै स्थानहरूका मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बुधबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०८१ असार १९ गते (बुधबार)

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।