काठमाडौं, असार २० । घरमा काम गर्न राखिएको बालिकामाथि बलात्कारको अभियोग लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुरप्रसाद सिवाकोटी जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले इन्सपेक्टर शिवाकोटीलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो।
काठमाडौंको नागार्जुन नगरपालिका– १ घर भएका शिवाकोटीले पढाउने सर्तमा एक बालिकालाई घरमा राखेका थिए। ती बालिकालाई काठमाडौं महानगरपालिकाले गत २३ जेठमा उद्धार गरेको थियो।
उद्धारपछि बालिकाले आफूमाथि शिवाकोटीले लगातार बलात्कार गरेको पोल खोलेकी थिइन । सोही आधारमा प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटीलाई स्वयम्भू वृत्तले पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो। अदालतले शिकावोटीलाई दोषी देखाउँदै पुर्पक्षका लागि जेल चलान गरेको हो ।













प्रतिक्रिया दिनुहोस्