जनता टाइम्स

२२ असार २०८१, शनिबार ०५:३२

देशका यी स्थानमा हुने छ आज भिषण वर्षा


काठमाडौं, असार २२ । देशभर साधारणतयादेखि पूर्णतया बदली रही शनिवार अर्थात आज मुलुकका सबै प्रदेशमा बर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सवै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्नका लागि अपिलसमेत गरेको छ ।