जनता टाइम्स

३१ असार २०८१, सोमबार १९:००

प्रधानमन्त्री-मन्त्रीहरूको शपथ र पदबहालीमा जे देखियो (फोटोफिचर)


काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र नवनियुक्त दुई उपप्रधानमन्त्रीसहित २१ जना मन्त्रीहरुले आजबाट आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिई सिंहदरवारस्थित कार्यालय पुगेर प्रधानमन्त्री ओली र नवनियुक्त मन्त्रीहरुले पदबहाली गर्नुभयो ।

पदबहालीको क्रममा प्रधानमन्त्री र मन्त्रीहरुले मुलुकको पछिल्लो चुनौतीको सामना गर्ने गरी अघि बढने काममा सहयोगी बन्ने कर्मचारी तन्त्रसहित सवैलाई अपिल गर्नुभएको छ ।