जनता टाइम्स

१ भाद्र २०८१, शनिबार ०८:५१

आज देशका यी भूभागमा हुने छ भारी बर्षा


काठमाडौं, भदौं १ । आज सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भए पनि बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने छ।

आइतबार र सोमबार पनि सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने र गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

हाल देशभर नै मनसुनी वायुको प्रभाव रहेको बताउँदै महाशाखाले भारी वर्षा हुने स्थानमा रहने सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।