काठमाडौं, भदौ १ । सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

लम्साल गत मंसिरमा परराष्ट्र सचिव नियुक्त हुनुभएको थियो । लम्साल परराष्ट्र सचिव बन्ने पहिलो महिला हुनुहुन्छ । महिलालाई नेतृत्वमा स्थापित गर्ने अभियानमा लागेको बर्तमान सरकारले पहिलो महिला परराष्ट्र सचिव लम्साललाई उहाँको क्षमताको आधारमा राजदूत सिफारिश गरेको हो ।












प्रतिक्रिया दिनुहोस्