जनता टाइम्स

१ भाद्र २०८१, शनिबार १३:५०

थाइल्याण्डमा २३ बर्षमा एकै परिवारबाट तेस्रो प्रधानमन्त्री


काठमाडौं, १ भदौ । थाइल्याण्डको संसदले पाइतोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । ३७ वर्षीय पाइतोङटार्न देशको ३१औँ प्रधानमन्त्री बन्नुभएको छ । उहाँ थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुका साथै यो पद सम्हाल्ने दोस्रो महिला पनि बन्नुभएको छ । यिङलक थाइल्याण्डको प्रधानमन्त्री हुने देशको पहिलो महिला हुनुहुन्थ्यो । उहाँ प्योटोङटार्नकी काकी हो ।

पाइतोङटार्न सिनावात्रा परिवारबाट प्रधानमन्त्री हुने तेस्रो नेता हो । थाक्सिनका भिनाजु सोमचाई वोङ्सावत पनि सन् २००८ मा थाइल्याण्डको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो । थाक्सिन सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । थाक्सिन सिनावात्रालाई कूद्वारा सत्ताबाट हटाइएको थियो । पाइतोङटार्न सत्तारुढ दल ‘फु थाई’ की नेतृ हो । यद्यपि, पाइटोङटार्न अझै सांसद छैनन् । संसदमा सिनावात्राको पक्षमा ३१९ मत परेको थियो भने विपक्षमा १४५ मत परेको थियो ।

२७ सांसदले मतदान गरेनन् । सदनमा ४९३ सांसद छन् । पाइतोङटार्नलाई बहुमत प्राप्त गर्न २४८ मत आवश्यक थियो । शुक्रबार संसदमा ४८९ सांसद उपस्थित थिए । पाइतोङटार्न सिनावात्रा २०२३ देखि फेउ थाई पार्टीको अध्यक्ष छन् । उहाँ सन् २०२३ को अप्रिलमा भएको निर्वाचनमा पनि प्रधानमन्त्री पदका लागि उम्मेदवार हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा पार्टी चुनावमा दोस्रो स्थानमा रह्यो । अघिल्लो साता संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फर्वार्ड पार्टीलाई खारेज गरेको थियो ।

साथै यसका सबै नेताहरुलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत वर्ष भएको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा बढी सिट जितेको थियो । पाइतोङटार्नका बुबा, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैन्य विद्रोह गरेर सत्ताबाट हटाइएको थियो । उहाँमाथि भ्रष्टाचारका धेरै आरोप लगाइएको थियो । अदालतको फैसलापछि उहाँ निर्वाचनमा जानुभयो । उहाँले देश छोड्नुभयो । यसपछि थाक्सिनले आफ्नी बहिनी यिङलकलाई अगाडि राख्नुभयो ।

उहाँ २०११ मा प्रधानमन्त्री बन्नुभएको थियो । थाक्सिनले बहिनीको सहयोगमा देश बाहिर बसेर सरकार चलाएको आरोप लागेको थियो । सिङ्गापुरमा मन्त्रीहरुसँगको यस्तै एउटा भेटको रेकर्डिङ सार्वजनिक भएको थियो । यसमा थाक्सिनले आममाफी विधेयकबारे निर्देशन दिएको बताइएको छ । यो विधेयक पारित भएको भए थाक्सिन सफाइ पाएर सहजै स्वदेश फर्किन सक्थे । रेकर्डिङ भाइरल भएपछि थाई राजनीतिमा निकै हंगामा मच्चिएको थियो । यिङलकलाई अदालतले सन् २०१४ मा पदबाट हटाएको थियो ।

यिङलकमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो । थाइल्याण्डमा २ दिनअघि मात्रै अदालतले श्रेष्ट थाविसिनलाई प्रधानमन्त्री पदबाट हटाएको थियो । उनीमाथि आपराधिक रेकर्ड भएका वकिललाई क्याबिनेटमा समावेश गरेको आरोप लागेको थियो । अदालतले प्रधानमन्त्रीको यो कदम नैतिकताको उल्लङ्घन भएको भन्दै दोषी ठहर गरेको थियो । प्रधानमन्त्री श्रेष्ट एक वर्ष मात्रै सत्तामा रहन सक्थे । उहाँ २२ अगस्त २०२३ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो ।