बैतडी, भदौ ३ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो ।
गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको जोशीले बताउनु भयो । पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको छ । पहिरोमा पुरिएका अन्य छ जनाको जीवितै उद्दार गरिएको छ ।
जिवितै उद्धार गरिएकामा वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामी हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्