जनता टाइम्स

३ भाद्र २०८१, सोमबार १०:४१

पहिरोमा परी नाबालकसहित बाबुआमाको मृत्यु


जाजरकोट, भदौ ३ । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, र उनीहरुका दुई वर्षीय छोरा शिभम परियार रहेका छन । उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै पर्छ ।