जनता टाइम्स

२ आश्विन २०८१, बुधबार १६:५४

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत


बिराटनगर, असोज २ ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ले बिश्वासको मत प्राप्त गर्नु भएको छ ।

दुई तिहाई मत सहित उहाँले बिश्वासको मत प्राप्त गर्नु भएको हो ।मत बिभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ।

त्यस्तै नेकपा एस समाजबादिका जनाले २ जनाले मतदान गरेनन । आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए ।

यस अघि मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते बिश्वासको मत लिनुभएको थियो। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन बिश्वासको मत लिनुपरेको हो ।

कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छ्न । नेकपा एमालेका ४०, काग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ नेकपा एकीकृत समाजबादिका ४ र जसपाको एक प्रदेश सभा सदस्य छ्न । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काग्रेसको सरकार छ ।