काठमाडौं, ८ असोज । रोटरी क्लव अफ काठमाडौं वेष्टले ७७ वर्षीया आगलागी पीडित वृद्धालाई सहयोग गरेको छ । रोटरी क्लव अफ काठमाडौं वेष्टका अध्यक्ष देश कुमार श्रेष्ठले रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ मा घर हुनुभएकोे बुद्धिमाया तामाङलाई उपचार गर्नका लागि ५ हजार रकम सहयोग गर्नुभएको हो ।
लिखु तामाकोशी गाउँपालिका–३ का निवर्तमान वडाअध्यक्ष यम बहादुर महतले उक्त संकलित रकम आगलागी पीडित वृद्धा बुद्धिमायालाई कीर्तिपुर अस्पतालमा पुगेर हस्तान्तरण गर्नुभएको हो । मानवीयता देखाउँदै आगलागी पीडित वृद्धालाई सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । श्रेष्ठले आफूले र आफ्नो संस्था रोटरीले दुःखी पीडितहरुको समस्यामा सकेको सहयोग गर्ने र उहाँहरुलाई मलम लगाउने प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
समाजसेवी एवं पूर्वशिक्षकसमेत रहनुभएको महतले आफूले गर्नुपर्ने विभिन्न किसिमका पीडितलाई सहयोग गर्दै आएको र आगामी दिनमा यस्ता दुःख पाएकालाई राहत संकलन र सहयोग गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्