जनता टाइम्स

१२ आश्विन २०८१, शनिबार १६:१९

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक


काठमाडौं, १२ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाउनुभएको छ । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उहाँले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको बताइएको छ ।

यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो । गत बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण देशभरमा विभिन्न विपदजन्य घटनाहरु घटिरहेका छन् । वर्षाका कारण अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र ३२ जना र देशभर ५० जनाभन्दा बढीको मृत्यू भइसकेको छ ।