बेलायत, असोज १७ । प्रवासी नेपाली मञ्च वेलायत मिडल्याण्ड तथा नर्थवेष्ट क्षेत्रीय कमिटीले नेकपा एमालेका दुईजना युवा नेताहरुसँग बिशेष अन्तरक्रिया सम्पन्न गरेको छ ।
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई र एमाले संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य महेश बर्ताैलाको बेलायत भ्रमणको अवसर आज (अक्टुबर ३) तारिक बिशेष अन्तरक्रिया आयोजना गरिएको हो ।
बेलायतस्थित लेस्टर सहरमा आयोजित अन्तरक्रियामा नेपालको समसामयिक राजनीति र प्रवासी नेपालीको चासोका बिषयहरुमा बहश भएको थियो । सो क्रममा दुवै जना नेताहरुले समृद्ध नेपाल : सुखी नेपाली निर्माणको अभियानसहित नेपालको पछिल्लो राजनीतिक अवस्था, बर्तमान सत्ता गठबन्धन निर्माणको कारण र आगामी बाटोको बिषयसहित नेपाली नागरिकताको निरन्तरताको बिषयमा पार्टीको तर्फबाट धारणा राख्नुभएको थियो ।
आफ्नो धारणा राख्ने क्रममा एमाले सचिव भट्टराईले ‘एनआरएन डे’ को अवसरमा गैर आवासीय नेपाली नागरिकताको बिषयमा बिशेष निर्णय हुने जानकारीसमेत गराउनु भएको छ । पहिलो गैरआवासीय नेपाली सम्मेलन सुरू भएको दिन पारेर हरेक वर्षको अक्टुबर ११ मा गैर आवासीय नेपाली दिवस मनाइने गरिएको छ ।
अन्तरक्रियामा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका पूर्वअध्यक्ष एवं सल्लाहकार कमिटी अध्यक्ष भक्त गुरुङसहितका प्रवासी नेपाली मञ्चका नेताहरु, बेलायतको बिभिन्न तह तप्काका सवै बिचार र आस्था राख्ने नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रमो अध्यक्षता प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष टुंगभद्र भुसाल र सञ्चालन मिडल्याण्ड क्षेत्रीय कमिटीका इञ्चार्ज गोबिन्द सापकोटाले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्