काठमाडौं, कात्तिक २५ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रि कमिटीले बार्षिक कार्ययोजना पेश गर्न सवै राष्ट्रिय कमिटीलाई निर्देशन दिएको छ ।
अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले अन्तराष्ट्रिय कमिटीको पूर्ण बैठकमा बार्षिक कार्ययोजना पेश गर्न सवै राष्ट्रिय कमिटीहरुलाई निर्देशन दिएको उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो । अन्तराष्ट्रिय कमिटीको पूर्णबैठक आज भर्चुअल रुपमा बस्दैछ ।
प्रचार बिभाग प्रमुख पोखरेलका अनुसार बैठकमा अध्यक्ष सञ्जय थापाले बार्षिक कार्ययोजना अनिवार्य रुपमा ल्याउन निर्देशनसमेत दिनुभएको छ । यसैगर बैठकले बिधान अधिवेशन मध्यपूर्वमा गर्ने निर्णय गरेको छ । बैठकमा बिभागीय प्रमुखहरुको रिपोर्टसहित बार्षिक कार्ययोजनाबारे समेत छलफल भएको थियो ।
बैठकले अहिलेसम्मको कामको समीक्षा गर्दै आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे समेत छलफल भएको छ । पछिल्लो समय प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको अधिवेशन गर्ने र सदस्यता बृद्धिको अभियानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्