जनता टाइम्स

२७ कार्तिक २०८१, मंगलवार २२:११

प्रवासी नेपाली मञ्च जापान कान्साई क्षेत्रीय कमिटीको अधिवेशन सम्पन्न, जुंगजालीको नेतृत्वमा बन्यो १३ सदस्यीय कार्यसमिति (सूचीसहित)


जापान, कात्तिक २७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापान कान्साई क्षेत्रीय कमिटी ओसाकाको अधिवेशन सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

ओएनएफ अन्तराष्ट्रिय कमिटीका सदस्य तथा जापान इञ्चार्ज सुरेश केसीको प्रमुख आतिथ्यतामा मंगलवार कान्साई ओसाका शहरमा सम्पन्न अधिवेशनले नरबहादुर जुंगजालीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा मुक्तीराम खरेल, सचिवमा खगराज अर्याल, उपसचिवमा ओम खडका र राजु कंडेल चयन हुनुभएको छ । यसैगरी कार्यसमितिका सदस्यहरुमा बिवेक कंडेल, कुमार नेपाली, लीला कंडेल, नेत्रप्रसाद लामिछाने, रामचन्द्र खरेल, निरज तामाङ, नविन बुढाथोकी र अर्जुन घिमिरे चयन हुनुभएको छ । अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका जुंगजाली यसअघि कार्यसमितिको उपाध्यक्षको भूमिकामा रहनुभएको थियो ।

अधिवेशनमा प्रमुख अतिथी ओएनएफ अन्तराष्ट्रिय कमिटीका सदस्य तथा जापान इञ्चार्ज सुरेश केसी, बिशेष अतिथी ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल, उपाध्यक्ष बाबुराम भण्डारी, ओएनएफ जापानका सदस्य तथा कान्साई इञ्चार्ज मधुराम लामिछाने, ओएनएफ जापानका सदस्य कृष्ण भुषाल, सल्लाहकार मुक्तिराम खरेलले ओएनएफको आगामी कार्यभारको सन्दर्भमा बिशेष मन्तब्य राख्नुभएको थियो ।

अधिवेशनलाई ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वीएशिया महादेशि र ओसिनिया महादेश इञ्चार्ज डा.सूर्य पाठक, ओएनएफ सचिवालय सदस्य एवं पूर्वएशिया महादेश इञ्चार्ज भक्त गुरूङले लिखित शुभकामना सन्देश पठाउनु भएको थियो ।

ओएनएफ जापान कान्साई क्षेत्रीय कमिटी ओसाकाका अध्यक्ष अनुप पौडेलको अध्यक्षतामा भएको उदघाटन समारोहमा उपाध्यक्ष तथा हालका निर्वाचित अध्यक्ष जुंगजालीले स्वागत गर्नुभएको थियो । अधिवेशनले संगठनलाई आफ्नो क्षत्रमा रहेका सवै नेपालीमाझ पुग्ने गरी बिशेष योजनासमेत पारित गरेको छ ।