जनता टाइम्स

२ मंसिर २०८१, आईतवार १५:३१

उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार बीच बाटोबाटै फर्किनु परेपछि…


काठमाडौं, मंसिर २ । उम्मेदवारी दिन तामझामसहित निस्किनुभएको अष्टमान महर्जन बीच बाटोबाटै फर्किनु परेको छ । उहाँले माओवादीबाट कीर्तिपुरको वडा नम्बर १ मा उम्मेदवारी दिने तयारी गर्नुभएको थियो ।

टिका, खादा र माला लगाएर माओवादीका ३ उम्मेदवारहरुसहितको र्याली निर्वाचन आयोगतर्फ जाँदै थियो । बाटोमै १ नम्बर वडामा माओवादीले जसपालाई सघाउन लागेको खबर आयो त्यसपछि महर्जन बाटोबाटै उम्मेद्वारी नदिई फर्किनुपरेको हो । माओवादीले जसपाका सरल महर्जनलाई सघाउने भएपछि उहाँ घर न घाटको हुनुपरेको हो ।

माओवादीको र्यालीमा सरल पनि मिसिनुभएको थियो । उहाँले आफूले पार्टीको हित विपरित नजाने भन्दै निर्णय मान्ने बताउनुभयो । उहाँले भनन्ुभयो,‘पार्टीले जसपासँग गठवन्धन गर्ने निर्णय गरेको छ । म बागी उम्मेदवारी दिन्नँ । सरल महर्जनलाई मेरो समर्थन छ ।’