जनता टाइम्स

३ मंसिर २०८१, सोमबार २२:५७

प्रवासी नेपाली मञ्च जापान तोहोकूको दोस्रो अधिवेशन भब्यरुपमा सम्पन्न, अध्यक्षमा पुनः अनिल गिरी चयन


जापान, मंसिर ३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापान तोहोकु क्षेत्रीय कमिटी सेन्दाईको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संगठन बिस्तार अभियानमा रहेको ओएनएफ जापानले सवै क्षेत्रीय कमिटीको अधिवेशन गर्ने क्रममा यही नोभेम्वर १७ तारिकमा जापानको तोहोकु क्षेत्रको सेन्दाई शहरमा भब्यरुपमा दोस्रो अधिवेशन सम्पन्न गरेको हो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा जापान इञ्चार्ज सुरेश केसीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले अनिल गिरीलाई पुनः अध्यक्षमा चयन गर्दै सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा सुरेश रावल, सचिवमा कपिल दत्त भट्ट, उपसचिवमा नवराज चौलागाई र अप्सरा कुँवर चयन हुनुभएको छ ।  यस्तै सदस्यहरुमा राम गिरी, गगन सापकोटा, राजेन्द्र मिश्र, अमृता अर्याल, अनिल गौतम, अनिष सापकोटा, अनुज गोदार र बिकाश मिश्र चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनमा प्रमुख अतिथी सुरेश केसीसहित बिशेष अतिथी प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, उपाध्यक्षद्वय बाबुराम भण्डारी र प्रकाश ढकाल, ओएनएफ जापानका सचिव राजेन्द्र श्रेष्ठ र ओएनएफ जापानका सदस्य तथा तोहोकु सेन्दाई इञ्चार्ज बिजय उप्रेतीले संगठनले गर्नुपर्ने कामको बिषयमा सबिस्तार चर्चा गर्नुभएको थियो । उहाँहरुले ओएनएफ अहिले निकै सशक्त रुपमा अघि बढेको भन्दै अव प्रवासमा समस्यामा परेका जोकोही प्रवासीको समस्या समाधानमा केन्द्रित हुनुका साथै मातृभूमि नेपालको समृद्धिमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।

यस्तै अधिवेशनमा ब्यवसायी तथा समाजसेवी राजन ढकाल, जनसम्पर्क समिति जापानकी कोषाध्यक्ष सावित्री लामा लोप्चन, नेपाली जनप्रगतिशिल मञ्च तोहोकुका अध्यक्ष तेज दाहाल, प्रवास सम्पर्क विभाग तोहोकु अध्यक्ष प्रकाश खतिवडा, एनआरएनए जापान तोहोकुका कार्यवाहक संयोजक तथा गुरूङ समाज जापानका उपाध्यक्ष आशिष गुरूङ र तामाङ समाज तोहोकुका सल्लाहकार निमबहादुर तामाङले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वीएशिया महादेश र ओसिनिया महादेश इञ्चार्ज डा. सूर्य पाठक र ओएनएफ सचिवालय सदस्य तथा पूर्वएशिया महादेश इञ्चार्ज भक्त गुरूङले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

ओएनएफ तोहोकु क्षेत्रीय कमिटी सेन्दाईका अध्यक्ष अनिल गिरीको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन समारोहको सञ्चालन सचिव सुरेश रावल र स्वागत राजेन्द्र मिश्रले गर्नुभएको थियो ।